विद्यार्थीहरुमा पाठ्यक्रमले तोके बमोजिमको उद्येश्य पुरा हुने गरि शिक्षा प्रदान गर्नु विद्यालयको प्रमुख कार्य हो । यसका लागि समय समयमा अभिभावक व्यिवस र शिक्षक स्टाफको संयुक्त बैठक बसि पठन पाठनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न प्रयास गरिएका छन । यस विद्यालयका शिक्षक कर्मचारी र विव्यस पदाधिकारीका छोराछोरी यसै विद्यालयमा पढाउने परम्परा बसालिएको छ । कक्षा नर्सरी देखि ८ सम्म र्नै विद्यालयमा भ्लनष्किज ःभमष्गm मा गरिन्छ । जुन कुनै बन्द हड्तालका दिन विद्यालय सुचारु गरिन्छ । सि.सि.क्यामेराको सहायताले विद्यालयको वातावरण अनुशासित बनाउने प्रयास गरिएको छ । गरिब तथा जेहेन्दार छात्रवृत्तिको लागि अक्षय कोषको स्थापना गरिएको छ । प्रथम त्रैमासिक, अर्ध वार्षिक र वार्षिक परीक्षाका विद्यार्थीका उत्तर पुस्तिका नतिजा विश्लेषण सहितका ब्लकधभच क्जभभत ँष्भि अभिभावकलाई उपलब्ध गराउने गराइन्छ । शैक्षिक आर्थिक छायाँ र मनोरञ्जन प्रयोजनका निम्ति कम्पाउण्डमा विभिन्न ५९९ प्रजातीका रुखविरुवा रोपिएका छन । अभिभावकहरुको माग बमोजिम यस वर्ष देखि वर्षे र दशैँका लामो बिदामा विद्यालय सञ्चालन गर्न थालिएको छ । यसका लागि शिक्षक कर्मचारीलाई थप पारिश्रमिकको व्यवस्था गरिएको छ । पूर्व प्राथमिक तहका ३ वटा कक्षा मण्टेश्वरी सामग्री सहितको सुरक्षित कक्षाहरुको व्यवस्था गरिएको छ ।