विद्यालय सञ्चालनका सबै पक्षहरुमा क्षेत्रमै एक नमुना विद्यालयको रुपमा यस विद्यालयलाई पहिचान प्राप्त भएको हुनेछ ।
विद्यालयको स्थापना र स्थान: यो विद्यालय शुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. १ साविक कालिका गाउ विकास समिति वडा नं. ८ बलभद्रवस्तीमा वि.सं. २०४० साल मंशिर २९ गते स्थापना भएको हो ।
विद्यालयको ऐतिहासिक पृष्ठभूमी: २०४४ फागुण १३ मा विद्यालय स्वीकृत भएको र २०४९ सालमा कक्षा ५ स्वीकृत भई प्राथमिक तह पुरा भएको हो । स्थापना हुँदा यस विद्यालयको नाम श्री सरस्वती प्राथमिक विद्यालय रहेको थियो । यस विद्यालयका संस्थापक अध्यक्ष यसै बलभद्रबस्तीका शुक बहादुर तामाङ्ग¬ हुन ।
२०६७ सालमा तह वृद्धि भइ कक्षा ६ र क्रमशः ०६८ मा कक्षा ७ र ०६९ देखि कक्षा ८ सम्मका कक्षाहरु सञ्चालनमा छन । २०६८ साल देखि यस विद्यालमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन गराइन्छ । यस वापत कुनै मासिक शुल्क लाग्दैन ।
विद्यालयको आफ्नै नामको चार विगाह जमिन छ । यस मध्ये एक विगाहमा विद्यालय कम्पाउण्ड, दुई विगाहमा खेलमैदान र एक विगाहमा कृषि उपज प्रयोजनमा उपयोग हँुदै आएको छ ।
कम्पाउण्ड भित्र २०६२ साउन महिनामा शैक्षिक, आर्थिक, छायाँ र मनोरञ्जन प्रयोजनका निम्ति विभिन्न प्रजातिका ... वटा रुख र फूल विरुवा लगाइएका छन ।
कम्पाउण्ड भित्र एक सय फिट लामो र पचास फिट चौडाइ भएको स्वीमिंग पूल निर्माधिन अवस्थामा रहेको छ ।
काठको टस टिनको छाना भएको ५ कोठाको भवन एक, आइरन टस टिनको छाना भएको ८ वठा कोठा भएका चार वटा भवन रहेका छन । ६ वटा कक्षा कोठा, १ सभा हल, तल र माथि ४ वटा शौचालय भएको दुई तले पक्कि भवन निमार्णाधिन अवस्थामा छ ।
विद्यालय सञ्चालनका सबै पक्षहरुमा क्षेत्रमै एक नमुना विद्यालयको रुपमा यस विद्यालयलाई पहिचान प्राप्त भएको हुनेछ ।
विद्यालय सञ्चालनका सबै पक्षहरुमा क्षेत्रमै एक नमुना विद्यालयको रुपमा यस विद्यालयलाई पहिचान प्राप्त भएको हुनेछ ।
- विद्यालयको वातावरण सुधार गरी शिक्षण शिकाइ प्रणालीमा सुधार ल्याउनु ।
- विद्यालय पहुँच बाहिर रहेका बाल बालिकलाई सहज पहुँचको वातावरण सृजना गर्नु ।
- विद्यालयको शैक्षिक आर्थिक र भौतिक विवरण वार्षिक रुपमा अद्यावधिक गर्नु गराउनु ।
- शिक्षक विद्यार्थी अभिभावक र समुदाय बीचको आपसी सम्बन्ध वृद्धि गर्नु ।
- अनुशासीत र दक्ष नागरीकको पूर्वाधार तयार गर्नु
