बागमती अञ्चल धादिंग जिल्ला साविक झार्लांग गाउँ पञ्चायतबाट बसाइ सरि आएका मानिसहरुको वि.सं. २०३९ साल जेष्ठ महिनामा तात्कालिन नेपाल पुनर्वास कम्पनीदारा यस बलभद्रवस्तीको बसोबास गराइएको थियो । विद्यालयको स्थापना काल देखि नै आर्थिक, भौतिक र थुप्रै अन्य समस्याहरु पार गर्दै विद्यालय वर्तमान अवस्था सम्म ल्याइपुर्याइएको छ । विद्यालय स्थापना काल देखि नै यस विद्यालयको विशेष गरि आर्थिक समस्या नै प्रमुख समस्या रहि आएको छ । English Medium मा बिना अतिरिक्त शुल्क, बिना नि.मा.वि. शिक्षक दरबन्दी कक्षा ६-८ सञ्चालन, लगायत विद्यालयका थुप्रै कार्यहरु अभिभावकहरुको सहयोगमा गरिदै सफल हँुदै आएका छन । विद्यालयमा निर्माणधिन स्वीमिंग पूलको निर्माण सम्पन्न भए पछि आम्दानीको दिगो श्रोत हुने भएकोले विद्यार्थीहरुमा उच्च शैक्षिक उपलब्धि हाँसिल गराउन सकिने विश्वास लिएको छु । प्रदेश सरकारको विशेष अनुदानमा निर्माणाधिन ६ कक्षा कोठा र १ सभा हलको दुई तले विद्यालय भवन निर्माण सम्पन्न भए पछि भवनको आवश्यक्ता पुरा हुने छ ।